free website hit counter

सुपरमाई हाईड्रोपावरको लाभांश घोषणा

beemaadmin
२०८१ भाद्र १८, मंगलवार

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत (नगद लाभांश) कर प्रयोजनसहित गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८०–८१ का लागि बस्ने कम्पनीको आगामी १० औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार