मानवअधिकार हननकर्ताको हालै प्रकाशित सूचीमा तत्कालीन शाही सेनामा कार्यरत केही जघन्य अपराधीको नाम नदेख्दा साह्रै पीडा महसुस भएकाले यी हरफ कोरेका छौं । आशा छ, राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट अनुसन्धान गरी उनीहरुमाथि कडाभन्दा कडा सजायँ हुनेछ । यिनीहरूले गरेका अपराधको प्रमाण हामी प्रत्यक्षदर्शी सैनिकहरू दिन तयार छौँ ।
१. राजदरबार प्रमुख सैनिक सचिवालयमा बसी बढीभन्दा बढी माओवादीको हत्या गर्न निर्देशन र प्रोत्साहन दिने, धेरै माओवादी हताहत भएको खबर सुने अफिसमा खुशियाली मनाउने गजेन्द्र लिम्बू, विजय मोक्तान, निरञ्जन कार्की, केदार केसी ।
२. तत्कालीन सेनापति प्रज्वलसमशेर राणा, जसरी हुन्छ विद्रोहीलाई सखाप पार्नुपर्छ भनी अर्डर दिने यिनै हुन् । त्यसैको असरले फिल्डमा कार्यरत पतिहरूले मानवअधिकारको चरम हनन शुरु गरेका थिए ।
३. तत्कालीन जर्नेल रुक्मांगद कटवाल नेपालगञ्जमा पृतनापति हुँदा पक्राउ परेका माओवादीलाई प्रहरीमा नबुझाउनु र टार्गेट आउट गर्नू (यसको मतलब मारिदिनू) भनी मौखिक आदेश दिने गर्थे । सुरक्षा परिषद्मा रहेको बेला माओवादीतर्फ धेरै हताहती भएको रिपोर्ट पाउनासाथ दंग परेर राजदरबार र रक्षा मन्त्रालयमा फोन गरी आज यति जनाको सुकुटी भयो भनी उत्सव मनाउँथे ।
४. तत्कालीन पोखरा पृतनापति प्रकाशबहादुर बस्नेत, पतिहरूलाई फोन गरी पक्राउ वा कब्जामा आएका विद्रोहीलाई किन नमारेर सिपाहीको रासन खुवाई राखेको भनी चेतावनीको साथै कारबाहीको धम्की दिन्थे, त्यस्तै धम्कीका कारण तत्कालीन बुटवलमा तैनाथ गणपति प्रमुख सेनानी अमिर बस्नेत मानसिक तनावले देश छाडेर भारत पलायन भए, निज जर्साबले बुटवलबाटै पक्राउ परेको माओवादीलाई पोखरा ल्याउने भनी आफू चढेको हेलिकप्टरमा हालेर नवलपरासीको घना जंगलमा लात हानी खसाले । हालसम्म यो धर्तीमा कसैले यस्तो जघन्य अपराधको सजायँ नदिए पनि भगवान्ले यिनको परिवारको चोला उठाएको छ ।
६. नेपालभूषण चन्दले ६ बाहिनी, बैरेनीमा हुँदा पक्राउ परेका ३ जना माओवादी विद्यार्थीलाई हत्या गरी कल्लेरीमा गाड्न आदेश दिए । पछि विभिन्न मानवअधिकार संस्थाहरूले उक्त स्थान उत्खनन गरी कंकाल निकालेका हुन् ।
७. सिरहाको गणपति प्रसे बाबुकृष्ण कार्की अर्का पात्र हुन् । पञ्चायतकालका चर्चित कप्तान यज्ञबहादुर थापाको ओखलढुंगा अपरेसनलाई सहयोग गरेको भनी राज्यबाट डोरीमा उल्टो झुन्डिएर, हातको नङ पेन्चिसले तानेर, थानकोट फायरिङ रेन्जमा लगी जिउँदै खाल्टो खनी टाउको मात्र बाहिर पर्ने गरी गाडेर नजिकै गोली हानी चरम यातना पाएका तत्कालीन हवल्दारको छोरा बाबुकृष्णले एमाले सांसद हेमनारायण यादवलाई मोटरसाइकलमा जाँदै गर्दा समाती राजमार्गबाट ५ सय मिटर उत्तरतर्फ लगी आँखामा पट्टी बाँधेर आफ्नै हातले पिस्तोलले हत्या गरेका हुन् ।
८. तत्कालीन सेनानी रविन जोशीले डोटी जिल्लाअन्तर्गत पन्डौन अप्रेसनमा कैलालीबाट खटिएको फौजले केही विद्रोहीलाई कब्जामा लिएर हत्या गरेको र एउटी महिलालाई १०/१२ जनालाई बलात्कार गर्न लगाई अन्तिममा यौनांगमा बाँसले घोची–घोची हत्या गरेको सगौरव सुनाउँदै हिँड्ने गरेकै हुन् ।
९. तत्कालीन सेनानी शिवशंकर गुरुङ, कप्तान हरिश बम र सइ कुबेर चन्द (हाल प्रहरी प्रवक्ता), कञ्चनपुरमा पक्राउ परेका दर्जनाँै माओवादीलाई हत्या गर्नुपूर्व रेडियो नेपालको समाचारमा भिडन्तमा मरेको भनी फुकाएर १÷२ दिनपछि शुक्लाफाँटा आरक्षको श्रीपुर पोष्ट नजिक लगी गोली हानी मारेको र ३ जनालाई खुकुरीले हलाल गरेको आँखासामु झल्झली आउँछ । साथै कञ्चनपुर र कैलालीको सीमा इलाका झलारीको ग्रामीण इलाकामा पक्राउ परेका गुल्मी घर भएकी गर्भवती माओवादीलाई दाउराको ठूलो खनिया बनाई त्यसमा आगो लगाएर मार्दा रातको समय उपस्थित अधिकांश प्रहरी र सेनाको तल्लो तहका जवान रोएका थिए ।
१०. सेनानी सरोज ढकालले गोरखबहादुर गण रोल्पामा बस्दा सात घुम्तीमा करिब ५ जना महिला माओवादीलाई बलात्कारपछि आफैंले पिस्तोल हानी हत्या गरे, जवानहरूले धेरै नचाहिँदो काम गरेको भनी निजलाई हातपातसमेत गरेका थिए ।
११. तत्कालीन सेनानी टेकबहादुर चन्द, बर्दबहादुर गण गोरखामा सहायक गणपति हुँदा झण्डै ३ दर्जन पक्राउ परेका व्यक्तिलाई आफ्नै हातले मारे । निजबारे माओवादी नेतृ रेखा शर्मा र उनका श्रीमान् कृष्णध्वज खड्कालाई विस्तृतमा थाहा छ ।
(जनआस्थाबाट)