free website hit counter

सेलिब्रेटीका अङ्गको छानी छानी बीमा

beemaadmin
२०७७ भाद्र ४, बिहीबार

खेलाडीले खुट्टाको महंगो बीमा गरउला भने एउटी सुन्दर नायिकाले अनुहारको बीमा गराउँछिन् । आवाजका धनीहरुले स्वरको बीमा गराउँछन् । हामीले यहाँ सेलिब्रेटीहरुले गरेको बीमा र त्यसको रकम प्रस्तुत गरेका छौं ।

१ अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीको खुट्टाको बीमा ७५० मिलियन युरो को गरेका थिए जसको बीमा शुल्क मात्रै वार्षिक पाँचदेखि सात लाख युरो तिर्नु पर्दथ्यो । जसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा १०।१ अरब हुन आउँछ ।
२. सन् २००० की विश्व सुन्दरी बलिउडदेखि हलिउडसम्म चर्चा कमाएकी नायिका प्रियंका चोपडाको मुस्कानको बीमा गरेकी थिइन्।
३. चर्चित बलिउड स्टार सनी देवलको आवज र डाइलग बोल्ने सौलि बीमा गरेका थिए।
४. सुपरस्टार रजनिकान्छले आवाजको बीमा गरेका थिए।
५. बलिउड सुपरस्टार वादशाह अमिताभ बच्चनले आफ्नो आवाजको बीमा गरेका थिए।
६. जोन अब्राहमले चाकको बीमा गरेका थिए।
७. टेलर स्विफ्ट नामका गायिकाले खुट्टाको २६.५ मिलियन डलरको बीमा गरेकी थिइन्।
८. सन् २००८ मा चर्चित गायक टम जोन्सले आफ्नो छातिको ५६५ मिलियन डलरको बीमा गरेका थिए ।
९. अमेरिकन गाइका तथा अभिनेत्री मेली रे स्यारुसले एक मिलियन डलरको जिब्रोको बीमा गरेकी थिइन्।
१० पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले १४४ मिलियन डलरको खुट्टाको बीमा सन् २००९ मै क्लबले गरिदिएको थियो ।
११. विश्वका महंगा र चर्चित गोलकिपर म्यानुअल न्युएरले आफ्नो हातको ३.९ मिलियन डलरको बीमा गरेका छन्।

सम्बन्धित समाचार