free website hit counter

स्पेनकी राजकुमारी नै रहिनन्

beemaadmin
२०७६ चैत्र १६, आईतवार

एजेन्सी । कोरोना भाइरसको चर्को चपेटामा परेको स्पेनले राजपरिवारका सदस्य समेत गुमाउन पुगेको छ । स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन(पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चाल्र्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ । स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार