free website hit counter

स्पेनमा रहेका चार नेपालीलाई कोरोना संक्रमण

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट स्पेनमा चार जना नेपाली संक्रमित भएका छन् । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको बताइएको छ । चारै जना संक्रमितहरु पुरुष रहेको बताइएको छ । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । स्रोतका अनुसार संक्रमितहरु तीन छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए । तर हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन । स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ । गत मार्च १४ देखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । देशभर हालसम्म संक्रमितको संख्या ६० हजार पुगिसकेको छ । बिहीबारसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार