free website hit counter

स्वरोजगार बनाउने एनएमबिको प्रयास

beemaadmin
२०७६ फाल्गुन ९, शुक्रबार

काठमाडौं । स्वरोजगार हुन चाहने व्यक्तिहरुका लागि एनएमबि बैंकले सञ्चालन प्रोजेक्ट आवेदन खुलेको छ । सो परियोजनामा सिराहा जिल्लाका ५० जना व्यक्तिलाई तालिम दिनेगरी एनएमबि बैंकले उक्त आवेदन खुलाएको हो ।

एनएमबि बैंकको उक्त प्रोजेक्टमा सहभागी हुन चाहने उद्यमीहरुले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सो तालिमले नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिति तथा क्षमता विकास गर्र्ने सघाउने उद्देश्य बैंकले राखेको छ । उद्यममा संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिने र छनौट भएका सहभागीहरुलाई ४ दिन निःशुल्क तालिम सञ्चालन गर्ने समेत बैंकले जनाएको छ ।

Advertisement
Advertisement

उक्त तालिममा सहभागी हुन चैत ८ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, सिराहा जिल्ला निवासी हुनुपर्ने, सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने र सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने शर्त राखिएको छ । उक्त तालिम लिएपछि व्यावसायिक ज्ञान बृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त ग हुने, वित्तीय पहुँचका लागि सहजता आउने तथा बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने बैंकले जनाएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार