free website hit counter

स्वाबलम्बन लघुवित्तको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख १२, बुधबार

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.२७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.३५ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.२८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १.६५ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ५७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ ६४ पैसा रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ५२ पैसा घटेर १० रुपैयाँ ९१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ रहेको छ। १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। पहिलो ९ महिनासम्ममा लघुवित्तले १३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार