free website hit counter

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ३८१ स्वास्थ्य संस्थालाई १ अर्ब ४५ करोड भुक्तानी

beemaadmin
२०८३ आश्विन ३, शनिबार

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराएका विभिन्न स्वास्थ्य संस्थाको दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो।

बोर्डका अनुसार जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन्। ती संस्थामा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललगायत स्वास्थ्य संस्थाहरू रहेका छन्।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितलाई प्रदान गरिएको सेवाको दाबी प्रक्रिया पूरा गरेपछि सम्बन्धित स्वास्थ्य संस्थालाई सेवा शुल्क भुक्तानी गरिएको बोर्डले जनाएको छ।

सम्बन्धित समाचार