free website hit counter

स्वास्थ्य बीमा बोर्डमा ८ जनाको दरखास्त

beemaadmin
२०७७ आश्विन १२, सोमबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ८ जना उम्मेदवारले आवेदन दिएका छन्। बोर्डमा खुला प्रतिस्पर्धाबाट निर्देशक छान्ने व्यवस्था छ। बोर्डको कार्यकारी निर्देशकका लागि इच्छुकले आवेदन दिने अवधी आइतबार ५ बजेसम्म तोकिएको थियो। उक्त अवधिमा ८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशकका लागि नाम सिफारिस गर्न सर्च कमिटी गठन गरेको थियो। उक्त किमटीको निर्णय अनुसार निर्देशकका लागि दरखास्त हाल्न भदौ २७ गते १५ दिनको समय दिएर सार्वजनिक सूचना जारी गरिएको थियो। यसरी निवेदन दिनेहरुमा डा. पुष्पमणि खराल, शुकल्याण पराजुली, प्रकाशराज पन्त, डा. कृष्णप्रसाद अधिकारी, दामोदर बसौला, प्रा गुञ्जबहादुर जिसी, सुदर्शन पौडेल र चुडामणि भण्डारी रहेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार