free website hit counter

हकप्रद जारी गर्दा पनि चार बीमकको चुक्ता पुँजी पुगेन

beemaadmin
२०८१ पुष १३, शनिबार

काठमाडौं । चुक्ता पुँजी वृद्धिका लागि हकप्रद निष्कासन गरिसकेका चारवटा बीमा कम्पनीको चुक्तापुजी प्राधिकरणले तोकेबमोजिम अझै पुग्न सकेको छैन । चुक्तापुँजी नपुग्नेमा एशियन लाइफ, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले चुक्तापुँजी बढाउन अब बोनस सेयर बाँड्नुपर्ने हुन्छ या त अन्य विकल्प छान्नुपर्ने हुन्छ । हकप्रदपश्चात् एशियन लाइफको चुक्तापुँजी ४ अर्ब ८२ करोड २७ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई अझै १७ करोड २२ लाख रुपैयाँ आवश्यक पर्नेछ । त्यस्तै, नेपाल इन्स्योरेन्सको चुक्तापुँजी हकप्रदपश्चात् २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई पनि साढे २ अर्ब पुँजी जुटाउन अझै १९ करोड ८० लाख रुपैयाँ खाँचो पर्ने देखिन्छ । यसका साथै प्रभु इन्स्योरेन्सको हकप्रदपश्चात् चुक्तापुँजी २ अर्ब २७ करोड रुपैयाँ र युनाइटेड अजोडको चुक्तापुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभुलाई २२ करोड ३४ लाख रुपैयाँ र युनाइटेड अजोडलाई ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार