free website hit counter

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न बुद्धभुमी नेपाल हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

beemaadmin
२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले जेठ ३० गते, बुधबार, आफ्नो रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार