free website hit counter

हकप्रद सेयर जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक

beemaadmin
२०७८ पुष १९, सोमबार

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ७ गतेदेखि १ः१.५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले ३० करोड रूपैयाँ बराबरको १०० रूपैयाँ अंकित ३० लाख कित्ता सेयर बिक्री गर्न लागेको जानकारी दिएको छ । हकप्रद सेयर बिक्री गर्ने भएपछि कम्पनीले पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने बताएको छ ।
२६ गते बुक क्लोज गर्ने भएपछि पुस २५ गतेसम्म कायम कम्पनीको सेयरधनीले हकप्रद सेयरमा आवेदन गर्न पाउँछन् । लगानीकर्ताले उक्त हकप्रद सेयरमा माघ २७ गतेदेखि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरू र सि आस्वामा आवबद्ध बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार