free website hit counter

हर्क साम्पाङले भने, लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन

beemaadmin
२०८२ असार ५, बिहीबार

काठमाडौँ । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् । कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन, म श्रमदानबाटै पानी खुवाउँला बरु भो, उस्स्स्स तिम्रो योजना ?’उनले बुधबार फेसबुकमा लेखेका छन् । खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको हो । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए ।त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार