काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री खुलाएको छ ।
कम्पनीले आजदेखि हकप्रद बिक्री खुलाएको हो । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यो शेयर जोकाही लगानीकर्ताले खरिद गर्न पाउनेछन् । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका शेयर खरिदका लागि बोलकबोल पेस गर्न सकिनेछ । बोलपत्र असोज १४ गतेसम्म पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड वा नबिल बैंकका रंगेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो । तर बिक्री सबै कित्ता बिक्री हुन सकेको थिएन । बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।