free website hit counter

हिमालयन एभरेष्ट इन्स्योरेन्सले हकप्रद सेयर जारी नगर्ने

beemaadmin
२०८० आश्विन १९, शुक्रबार

काठमाण्डौ । नियामक निकाय बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हिमालयन एभरेष्ट इन्स्योरेन्सले हकप्रद सेयर जारी नगर्ने भएको छ । नेपाल बीमा प्राधिकरणमा पेश गरेको क्यापिटल प्लानमा हकप्रदको प्रस्ताव गरिएको छैन । बीमा प्राधिकरणले मर्जरमा गएर पनि न्यूनतम चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई सहुलियतमा हकप्रद जारी गर्न दिने बताएको थियो । प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले यसअघि मर्जरमा सामेल भएका कम्पनीलाई अपुग रकम बराबरको हकप्रद जारी गर्न दिने बताएका थिए । प्राधिकरणले तोकेको पुँजी पुर्याउन थोरै रकम मात्रै अपुग छ, यसको लागि हकप्रद सेयर नै जारी गर्नुपर्छ भन्ने छैन, कम्पनीका डेपुटी सीईओ कमल गौतमले जानकारी दिएका छन् । हाल हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ छ । कम्पनीलाई प्राधिकरणले तोकेको साढे २ अर्ब पुँजी पुर्‍याउन अझै २० करोड पुँजी अपुग छ । कम्पनीले हकप्रदको बाटो नरोजी गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्‍याउने योजना बनाएको बताइएको छ ।

सम्बन्धित समाचार