free website hit counter

हिमालयन डिष्टिलरीको नाफा ४० करोड भन्दा बढी

beemaadmin
२०८१ माघ २९, मंगलवार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो। बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६४.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३१.९७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७।३६ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ १० पैसा बढेर २६ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.८७ गुणा रहेको छ। ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार