free website hit counter

हिमालयन डिष्टिलरीको नाफा बढ्यो

beemaadmin
२०८२ माघ १८, आईतवार

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ बराबरको कुल बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको नाफा १०।७३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिना सम्ममा ४० करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४४ करोड ८३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा कायम भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४६.८४ गुणा रहेको छ। ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार