काठमाडौँ । दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेण्टको मर्जर कमिटीले एक महिना समय थप गर्न नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेको छ । दुई पटक गरी ६ महिनाको समयमा पनि मर्जर प्रक्रिया नटुङ्गिए पनि थप समय माग गर्दै मर्जर कमिटी आइतबार राष्ट्र बैंक पुगेको हो ।
दुई वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर सम्बन्धी गत बैशाख ३० गते प्रारम्भिक सम्झौता भएको थियो ।