free website hit counter

हिमालयन रि इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि

beemaadmin
२०८१ माघ ३०, बुधबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा सामान्य बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १४.९० प्रतिशत बढेको छ भने कुल आम्दानी २३.१८ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ६८ करोड ४० लाख रुपैयाँ भएको छ भने कम्पनीको कुल खर्च २५.९१ प्रतिशतले बढेर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँ पुगेको छ । नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ५७ पैसा रहेको छ । १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ५२ करोड रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ३२ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार