free website hit counter

हिमालयन लाइफका कर्मचारीले बाढीपीडितलाई ८ लाख बराबरको राहत दिए

beemaadmin
२०८३ भाद्र १४, आईतवार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।

बाढी तथा पहिरो प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट संकलन गरिएको रकमबाट खाद्यान्न तथा लत्ताकपडा खरिद गरी नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो।

Advertisement
Advertisement

उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइने जनाइएको छ। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी राहत सामग्री जुटाएका हुन्।

Advertisement
Advertisement

मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर गरिएको यस सहयोगले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत पुग्ने विश्वास कर्मचारीहरूले व्यक्त गरेका छन्।

कर्मचारीहरूले आगामी दिनमा पनि प्राकृतिक विपद् तथा संकटका समयमा आवश्यक सहयोग र मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार