free website hit counter

हिमालयन लाइफको लाभांश प्रस्ताव पारित

beemaadmin
२०८२ असार ११, बुधबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश कर सहित वितरणको प्रस्ताव पारित गरेको छ। यसका साथै गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको वार्षिक सभा समयमा नै गर्ने प्रतिवद्धता जनाउँदै उचित प्रतिफल दिने बताएका छन् । साथै, उनले वार्षिक साधारण सभामा उपस्थित भएर सभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत जेठ २८ गते १ दिन बुक क्लोज गरेको थियो। यसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीले सभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार