free website hit counter

१० गुणाभन्दा बढी बढ्यो महुली लघुवित्तको नाफा

beemaadmin
२०८३ श्रावण १८, सोमबार

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी र लाभांश क्षमतामा उल्लेख्य सुधार भएको जनाएको छ।

कम्पनीले गत आर्थिक वर्ष १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको १ करोड ७० लाख रुपैयाँको तुलनामा यो करिब १०३६ प्रतिशत अर्थात् १० गुणाभन्दा बढी वृद्धि हो।

खुद ब्याज आम्दानी ३५ करोड ५९ लाख रुपैयाँबाट बढेर ४९ करोड ७४ लाख रुपैयाँ पुगेको छ। खराब कर्जा व्यवस्थापन खर्च (प्रोभिजन) घट्नु र आम्दानी बढ्नाले सञ्चालन नाफा पनि २ करोड २३ लाख रुपैयाँबाट बढेर २७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

नियामकीय समायोजनपछि कम्पनीको वितरणयोग्य नाफा १६ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ करोड ७७ लाख रुपैयाँ मात्र थियो। चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ४२ रुपैयाँ ५८ पैसा पुगेकाले यस वर्ष आकर्षक लाभांश वितरण गर्ने क्षमता देखिएको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ७४ लाख रुपैयाँ कायम रहँदा सञ्चित नाफा र जगेडा कोष ४९ करोड ५६ लाख रुपैयाँ पुगेको छ। सदस्यबाट संकलित निक्षेप तथा सापटी ३ अर्ब ७४ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५ अर्ब ११ करोड रुपैयाँबाट बढेर ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, कुल सम्पत्ति ५ अर्ब ६९ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको खराब कर्जा अनुपात १२.१६ प्रतिशतबाट घटेर ९.८० प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी (EPS) ४९ रुपैयाँ ८८ पैसा पुगेको छ।

वित्तीय सूचकमा आएको सुधारसँगै महुली लघुवित्तको लाभांश वितरण क्षमता बलियो बनेको संकेत देखिएको छ।

सम्बन्धित समाचार