free website hit counter

१२ घण्टामा कोरोना बीमा दाबी भुक्तानी

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । कोरोना बीमा (कोभिड–१९) बीमालेखको आकर्षण आम जनमानसमा बढीरहेको बेला नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले कोरोना बीमाको दाबी परेको १२ घण्टामा दाबी भुक्तानी गरेको छ ।
नेपाल बैंकले आफ्नो कर्मचारीको कोरोना बीमा गरेकोमा कोरोना पोजेटिभ देखिएपछि क्षतिपूर्ति दाबी गरेपछि नेपाल इन्स्योरेन्सले दाबी भुक्तानी गरेको हो । नेपाल बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि १२ घण्टाभित्र इन्स्योरेन्सका नायव महाप्रबन्धक विक्रान्त पाण्डेले दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गर्नुभएको हो । यसले बीमित र बीमकबीचको विश्वासको वातावरण बढाई कोभिड १९ को बीमा गर्न आम जनमानसलाई उत्प्रेरित गरेको पाण्डेले बताउनुभयो ।

सम्बन्धित समाचार