free website hit counter

१६ औँ वर्षमा ग्लोबल आइएमई बैंक

beemaadmin
२०७८ पुष १९, सोमबार

काठमाण्डौ। २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकका रुपमा स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गरे। यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका छन्।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ सबैका लागि भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए। प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए।
हाल बैंकको ३३।७५ अर्ब रुपैयाँ सेयरधनी कोष, २७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ।
त्यस्तै बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखारहित बैंकिङ सेवा, २५२ एटीएम, ४८ एक्सटेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकमा ३ हजार २०० भन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहक छन्। बैंकले आफ्नो स्थापनाको १५ औँ वर्षका अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरु, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार