free website hit counter

२ बजे ओलीको बहिर्गमन, ५ बजे देउवाको सत्ता आरोहण

beemaadmin
२०७८ असार २९, मंगलवार

काठमाडौं । राजनीतिमा अहंकार बढ्यो भने दुई तिहाई बहुमत भताभुंग भएर सत्ताबाट हट्नु पर्ने रहेछ भन्ने उदाहरण बनेका छन् वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । नयाँ प्रधानमन्त्रीको रुपमा काँग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ ५ बजे शीतल निवासमा शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयको प्रशासनले देउवा निवास बूढानीलकण्ठमा आज साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ । यता, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सबै सामान हिजै साँझदेखि प्याकिङ गर्न थालिएको छ । आज दिउँसो २ बजे अगावै बालकोट सर्ने तयारी छ । बालकोटमा आफ्नै घर भएकाले तयारी खासै हेर्न नपर्ने सुरक्षा स्रोतको भनाई छ । हिजो साँझ शीतल निवासबाट प्रधानमन्त्री केपी शर्मा ओली फर्केपछि एमाले महासचिव ईश्वर पोखरेल केहीबेर त्यहिँ बस्नुभएको थियो । त्यति नै बेला महेश बस्नेत पनि शीतल निवास पुगेर उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेटवार्ता गर्नुभएको बताइन्छ । साँझमा पहिले प्रधानमन्त्री ओली र पोखरेलसँगै शीतल निवास छिर्नुभएको थियो । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने बालुवाटारमा एमाले स्थायी समितिको बैठक आज डाक्नुभएको छ ।

सम्बन्धित समाचार