free website hit counter

२४ कम्पनीलाई पन्छाउँदै यिनले पाए लघुबीमाको लाइसेन्स

beemaadmin
२०७९ मंसिर ११, आईतवार

काठमाडौं । लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि
नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएको हो । लाइसेन्स पाउनेमा ३ वटा जीवन तर्फका रहेका छन् भने बाँकी ४ वटा निर्जीवन तर्फका लघुबीमा कम्पनी रहेका छन् । आवेदन दिएका १५ वटा जीवन र १६ वटा निर्जीवन लघुबीमामध्ये प्राधिकरणले विभिन्न मूल्याङ्कनको आधारमा ७ वटा कम्पनीलाई छनोट गरेको हो ।
आवेदन दिएका १५ जीवन लघुबीमामध्ये ३ वटा छनौट भएका छन् । जसमध्ये गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न छनोट भएका प्राधिकरणले जनाएको छ । जसमध्ये गार्डियन माइक्रोको मुख्य कार्यालय मोरङको विराटनगर (प्रदेश १), क्रेष्टको सुर्खेत वीरेन्द्रनगर (कर्णाली प्रदेश) र लिवर्टीको पोखरा ८ कास्की (गण्डकी प्रदेश) हुने छ ।
त्यसैगरी निर्जीवन लघुबीमा सञ्चालनको लागि १६ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स गरी कूल ४ वटालाई छनोट गरेको छ । त्यस्तै, ट्रष्ट माइक्रो इन्स्योरेन्सको मुख्य कार्यालय लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल २ मा हुने छ । नेपाल माइक्रो इन्स्यारेन्सको बागमती प्रदेशको चितवनस्थित भरतपुर १ मा, स्टार माइक्रो इन्स्योरेन्सको मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको मूख्य कार्यालय सुदुरपश्चितम प्रदेशको कैलालीस्थित धनगढी ३मा हुने प्राधिकरणले जानकारी गराएको छ ।
जो छनोटमा परेनन्
लघुबीमाको लागि लाइसेन्स दिनमध्ये दुई दर्जन अर्थात २४ वटा कम्पनी आउट भएका छन् । जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि आवेदन दिएका स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनीको आवेदन रद्ध भएको छ । त्यस्तै, निर्जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि आवेदन दिएका नेओ लाइट माइक्रो ९जनरल० इन्स्योरेन्स कम्पनी, कर्णाली माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रोइन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोजनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी प्राधिकरणको छनोटमा पर्न सकेनन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार