काठमाडौँ । भारतबाट नेपाल फर्किएका करिब ४० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताएका छन् । सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । घटनामा २ जनाको शव फेला परेको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको सीडीओ गैरेले बताए । दुर्घटना भएको थाहा पाएलगत्तै सुरक्षाकर्मीहरु घटनास्थलतिर गइसकेको छ ।