free website hit counter

६ जनामा स्वास्थ्य समस्या, चार जना फर्किन मानेनन्

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौं । चीको वुहानमा रहेका १ सय ७५ नेपाली विद्यार्थी काठमाडौँ फर्किएको छन् । वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको, ६ जनामा स्वास्थ्य समस्य देखिएपछि नेपाल नल्याइएको र अन्य चार जना आफ्नो इच्छाले नेपाल नआएको दूतावास जानकारी दिएको छ ।
बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेपाल ल्याइएका विद्यार्थीलाई विमानस्थलबाट सोझै खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा वनाईएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई १५ दिनसम्म विशेष निगरानीमा राखिनेछ । जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।
नेपाल फर्काइएका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका छन् ।
वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

सम्बन्धित समाचार