free website hit counter

अजोडले उठायो नौ महिनामा एक अर्ब बढि बीमाशुल्क

beemaadmin
२०७८ बैशाख ४, शनिबार

काठमाडौं । आक्रामक रुपमा बजारमा प्रस्तुत भएको अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढि बीमाशुल्क आर्जन गर्न सफल भएको छ । सो रकम एक लाखभन्दा बढि बीमितमार्फत संकलन भएको हो । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले आफ्ना ग्राहक, सञ्चालक समिति सदस्य, शेयरधनी, नियमनकारी निकाय, बीमा अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद दिँदै सो सफलता सार्वजनिक गरेका हुन् ।
सिइओ खत्रीले आगामी दिनमा समेत बीमितबाट यस्तै प्रकारको साथ र सहयोगको आशा एवं विश्वास लिएको बताएका छन् । सीईओ खत्रीले आगामी दिनमा पनि बीमितको चाहना अनुसार अजोड इन्स्योरेन्सले काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार