free website hit counter

अजोड इन्स्योरेन्सले बढायो ७५ प्रतिशत नाफा

beemaadmin
२०७७ माघ २८, बुधबार

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैजसो सूचांकमा प्रगति गरेको देखाएको छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५ प्रतिशतले बढी हो ।

जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ भने बीमा कोषमा ८ करोड २७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी, समिक्षा अवधिमा कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन आर्जन गरेको छ । गत वर्ष सोहि अवधिसम्म कम्पनीले १६ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढी हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ९ करोड ७४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी १ सय ४६ प्रतिशतले बढी हो ।

सम्बन्धित समाचार