काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइएमई जनरल इन्स्योरेन्सले सबैजसो सूचांकमा प्रगति गरेको वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले यो अवधिमा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जबकि गत आर्थिक वर्षको यहि अवधिमा १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ४२.८९ प्रतिशतले बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ६५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ४ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले यस अवधिमा १ लाख २ हजार २७१ वटा बीमालेख जारी गरी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३ हजार ८६७ वटा कुल दाबी बापत ६० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार १७८ वटा दाबी बापत ६३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।