free website hit counter

आइपीओसँगै किन चाहियो हकप्रद भन्दै रोक्यो बीमा समितिले अजोडको हकप्रद

beemaadmin
२०७७ चैत्र २४, मंगलवार

काठमाडौं । आइपीओ जारी गरेको एक वर्ष पनि नपुगेका कारण अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर जारी गर्न नपाउने भएको छ । नियामक निकाय बीमा समितिले अजोड इन्स्योरेन्सले आईपीओ निकालेको एक वर्ष पनि नभएको भन्दै हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो ।

कम्पनीले आईपीओ निष्काशन गरेको एक वर्ष पनि नपुगेको भन्दै यति छिटै फेरि हकप्रद के कति कारणले निकाल्न लागेको हो सो को बीमा समितिलाई नगराएको भन्दै हकप्रद निष्काशन गर्न नदिने पक्षमा पुगेको बताइएको छ । अजोड इन्स्योरेन्स संचालनमा आएको तीन वर्ष भएपनि चालु आवमै आईपीओ जारी गरेको थियो । तर यति छोटो समयमा अजोडको बोर्डले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । अजोडमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ ।

Advertisement
Advertisement

इन्स्योरेन्सको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरिसकेको छ । साधारणसभामा अजोडले ५० प्रतिशत हकप्रद निष्कासनका प्रस्ताव लैजाने भनिएको छ । तर अजोडलाई हकप्रद निष्काशनको सूचना जारी हुनु एक दिन अघि नै सुचना चुहाएर सेयर मूल्य प्रभावित पारेको आरोप छ । यस विषयमा धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने र पत्ता लागे कारबाही गरिने प्रष्ट पारिसकेको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार