काठमाडौं । ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्कासनको तयारीमा रहेका छन् । शेयर संरचना मिलाउन ६ कम्पनीले एफपीओ निषकाशन गर्ने तयारी गरेको छ। किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरेका हुन् । यी ६ ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर निष्कासनको तयारी गरेका हुन् । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीले मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान भएकाले यी कम्पनीहरूले एफपीओ निष्कासन गर्न लागेका हुन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएपछि मात्र एफपीओ निष्कासन हुनेछ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्दै छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २५ गते सेबोनमा निवेदन दिइसकेको छ ।
यसैगरी, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत १७ गते सेबोनमा निवेदन दिइसकेको छ ।
उता, किसान लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रु. १२५ अंकित दरमा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले २०७८ असार २९ गते निवेदन दिइसकेको छ ।
नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ भदौ ९ गते बोर्डमा निवेदन दिएको छ ।
यसैबीच, मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता १७७ रुपैयाँमा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ कात्तिक २३ गते निवेदन दिएको थियो ।
उता, समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले उक्त कित्ता एफपीओ निष्कासन गर्नका लागि २०७८ चैत २९ गते सेबोनमा निवेदन दिएको छ ।