free website hit counter

आमिरले भने त्यो मान्छे म होइन

beemaadmin
२०७७ बैशाख २३, मंगलवार

सामाजिक सञ्जालमा भाइरल बनेको एउटा समाचारका विषयमा बलिउड नायक आमिर खानले मुख खोलेका छन् । भारतमा एक समाजसेवीले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे । जुन खबरले खुबै चर्चा पाइरहेको छ । नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ । तर, नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन् । उनले ट्विटरमा लेखेका छन्– म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ । नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन् । सामाजिक कार्यको लागि सबैभन्दा अगाडि आउने नाम नै आमिर भएकाले उनको नाम जोडिएको हुन सक्छ ।

सम्बन्धित समाचार