काठमाडौं । एकपछि अर्को गर्दै आइपीओ जारी गर्ने होडबाजी मात्रै चलेको छैन लगानीकर्ताको आकर्षण पनि बढ्दै गइरहेको छ । यही बेला इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर निष्काशन गर्ने भएको हो । सर्वसाधारणहरुमा शेयर निष्कासन गर्नको लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । त्यस सम्बन्धमा कार्य गर्नको लागि दुबै कम्पनीबीच सम्झौता भएको छ। सम्झौता अनुसार एनआईसी एशिया क्यापिटलले कम्पनीको आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।