free website hit counter

एकैदिन १२०० सयले बढ्दा कति पुग्यो सुनको भाउ ?

beemaadmin
२०७८ फाल्गुन ३, मंगलवार

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन १ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ। सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। अन्तिराष्ट्रिय बजारमा भएको मुल्यबृद्धिका कारण नेपालमा सुनको भाउ लगातार बढ्दो क्रममा देखिएको हो।
यस्तै मंगलबार तेजाबी सुन भने प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार