free website hit counter

कम कर्मचारी राखी सेवा दिन र विद्युतीय माध्यम अपनाउन बीमा समितिको निर्देशन

beemaadmin
२०७८ बैशाख १०, शुक्रबार

काठमाडांै । पहिलो चरणको कोरोना कहरका बेलामा पनि सेवा सुचारु राखेका बीमा कम्पनीहरुलाई सजगता अपनाउन नियामक निकाय बीमा समितिले निर्देशन दिएको छ । समितिले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सर्तकता सहित बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन निर्देशन दिएको छ । समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तत्काल अपनाउनुपर्ने सावधानी स्वरुप मास्क,साबुन, पानी र सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । भौतिक दुरी कायम गरी भीडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न व्यवस्था मिलाउन, सेवाग्राहीको आवतजावत कम हुनेगरी यथासम्भव विद्युतीय माध्यमको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । यस्तै बीमा कम्पनीहरुले सञ्चालन गर्ने बैठक, अभिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भौतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नुपर्ने अवस्था वाहेक अन्य समयमा विद्युतिय माध्यमर भच्र्युअल माध्यमबाट गर्न जोड दिएको छ । कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु उपस्थिति गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

सम्बन्धित समाचार