free website hit counter

कुमारी बैंकद्वारा लाभांश प्रस्ताव

beemaadmin
२०७९ आश्विन १५, शनिबार

काठमाण्डौ । कुमारी बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थि वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२।५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले यसपालि बोनस सेयर वितरण गर्ने प्रस्ताव नगरिएको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि विवरण गरिने जनाएको छ। हालै कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता भएको थियो। जसका कारण यी दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ।

सम्बन्धित समाचार