काठमाडौं । समाचार स्रोतको बेइमानीका कारण जीवन मृत्युसँग लडिरहेका एकजना विरामीको मृत्यु भएको समाचारले नेपाली सञ्चारमाध्यम भरिए । तर समाचारमा भनिए जस्तो विरामीको मृत्यु नभएको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जनाएको छ । अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय एक विद्यालयका प्रधानाध्यापक पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ । सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।
(यसअघि हामीले स्रोतकाे विश्वासमा राखेको समाचार गलत भएको हुँदा क्षमा चाहन्छौं । संक्रमित व्यक्तिको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं)