काठमाडौं । अर्घाखाँची जिल्लामा रहेको छत्रदेव गाउँपालकाले कोरोना रोकथामका लागि स्थानीय तहमै सञ्चालन गरेको कोषमा १० लाख ५७ हजार रुपैयाँ संकलन भएको छ । गाउँपालिकाको सक्रियतामा स्थापना भएको कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट यति धेरै रकम जम्मा भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । अर्घाखाँची जिल्लाकै सबै स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम कोषमा जम्मा गर्ने गाउँपालिका छत्रदेव बन्न पुगेको छ । यस गाउँपालिकाले रहत वितरणका लागि छुट्टै ऐन नै बनाएर स्थानीय व्यापारीहरुसँग टेण्डर आहवान गरी रातह वितरण गरिरहेको छ ।
दाताहरूकाे सूचि