काठमाडौं । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सीडीइएन) प्रदेश ५ द्वारा प्रदेशभर बृहत् रक्तदान कार्यक्रम आयोजना गरियो । सोकार्यक्रममा १०८ जनाले रक्तदान गर्नुभएको छ। कोरोना महामारीका कारण सबैजना एकैठाउमा जुट्न नमिल्ने भएकाले जहाँ छौं त्यहीबाट रक्तदान गर्ने कार्यक्रम तय गरेको सीडीइएन प्रदेश ५ का अध्यक्ष ई. अनुप चौधरीले बताउनुभयो । रक्त संकलन केन्द्र बुटवल, दाङ्ग, भैरहवा, परासी, तौलिहवा र पाल्पामा उपस्थित भइ इन्जिनियर र विभिन्न सामाजिक व्यक्तित्वहरुले रक्तदान गर्नुभयको थियो। रक्तदान कार्यक्रममा बुटवलमा ४३, भैरहवामा २६, दाङमा १०, परासीमा १०, तौलिहवामा १० र पाल्पामा ९ गरेर १०८ जना रक्तदाताको सहभागिता थियो ।
सीडीइएन प्रदेश ५ ले कोरोना महामारीसँग जुध्न रास्ट्रिय आबिस्कार केन्द्रले पिपिइ तथा कोभिड १९ टेस्टिङ बुथ आदि निर्माणमा आर्थिक अभाव झेलिरहेको समाचार आएसँगै प्रदेस ५ का इन्जिनियरहरुको सक्रियतामा एक लाख संकलन गरी रास्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।