काठमाडौं। जो कसैलाई उपचार यस्तो दिनु जसको याद वर्षौ वर्ष रहिरहोस् । त्यसैले अहिले उपहारको शैली परिवर्तन भएको छ । नगद र सरसामान उपहार रुपमा दिँदा दुई चार दिनमा भुलिएला तर कसैले बीमा पोलिसी नै उपहार दियो भने त्यो पोलिसी परिपक्व नबन्दासम्म सम्झना रहीरहन्छ । त्यसैले आजकल विवाहउत्सव, जन्मदिनको उपहारका रुपमा बीमा पोलिसी दिने चलन बढ्दै गएको छ ।
नेपालगञ्जका एक दम्पत्तीले आफ्नो छोराको जन्मदिनमा २५ लाख रुपैयाँको बीमा उपहार दिएका छन्। बिरेन्द्र बुढा र शोभा पाठकले आफ्ना छोराको जन्मदिन पारेर २५ लाख रुपैयाँको बीमा उपहार दिएका हुन्। बिरेन्द्र बुढाको दम्पत्तीले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बाल साबधिक जीवन बीमाको पोलिसी उपहार दिएको बताइएको छ ।
बच्चालाई जीवन उपयोगी हुने यस्तो कार्य गरेको भन्दै युनियन लाइफका शाखा प्रमुख उत्तम ढकाल, एजेन्सी म्यानेजर अर्जुन शाही र स्टार एजेन्सी म्यानेजर बिमल ढकालले बच्चाको आमा बुबालाई खादा ओढाएर सम्मान गरेका हुन्। कम्पनीले आफ्नो लोगो अंकित केक काटेर सम्मान गरेको छ। बिमालेख हस्तान्तरण कार्यक्रममा युनियन लाईफका बिमल ढकालले बच्चाको बुवा आमाले गरेको कार्यबाट अरु घरपरिवारहरुले पनि केही सिक्ने बताए।