काठमाडौं । कोरोना संक्रमण अझै नफैलियोस् भनेर २०–२५ जनाभन्दा बढी भेला हुन नपाउने गरी गरिएको निषेधाज्ञालाई तोडेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न केही युवाहरु पुगेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरेपछि ललितपुरमा झडप भएको हो । प्रशासनको निर्देशन बेवास्ता गर्दै स्थानीयवासीले जबर्जस्ती रथ तान्न खोजेपछि झडप भएको हो । झडपपछि प्रहरीले पानीको फोहोरा र लाठिचार्ज गरेको छ । अहिले तनाव जारी छ । अन्य विवरण आउन बाँकी छ ।