free website hit counter

जिप्रका काठमाडौंले सवारी पास वितरण बन्द गर्यो

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । अत्यावश्यक काम बाहेकका मान्छे पनि पास माग्दै जिल्ला जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेपछि सवारी पास वितरण कार्य बन्द गरेको छ । पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ । कार्यालयका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बोहक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ । कोरोना भाइरस स‌क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

सम्बन्धित समाचार