free website hit counter

दाङको लमहीमा ग्लोबल आइएमई बैंकको शाखा

beemaadmin
२०७७ माघ २६, सोमबार

काठमाडौं । सहज बैकिङको नारा सहित शाखा सञ्जाल विस्तारमा रहेको ग्लोबल आइएमई बैङ्क लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरे ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैङ्कका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ‘सबैका लागि बैङ्क’ भन्ने मूल नारालाई चरितार्थ गर्दै बैङ्क उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए। उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement
Advertisement

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैङ्क स्थापना भएको बताए । बैङ्कले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैङ्कले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताए ।

Advertisement
Advertisement

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार