काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अनियमिततामा मुछिएका दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन । अख्तियारले एमडिएमएस र टेरामोक्स खरिदमा छानबिन गरिरहेकै बेला अध्यक्ष खनालले राजीनामा दिएका हुन । एमडिएमएसमा अनियमितताको उजुरीपरेपछि मन्त्रालय आफैले समिति बनाएर छानबिन गरिरहेको थियो । खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएका हुन । आगामी साउनसम्म कार्यकाल भएपनि ६ महिना अघि नै राजीनामा दिएका हुन । उनलाई तत्कालिन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्राधिकरणको अध्यक्षमा २०७६ साउन ६ गते नियुक्ति गरेका थिए ।