free website hit counter

नखिपोटमा सिभिल बैंकको शाखा

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । ललितपुर जिल्लाको नखिपोटमा सिभिल बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बुधबार एक कार्यक्रमकाबीच गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई। ईच्छा राज तामाङ्गद्वारा उक्त संस्थाकी अध्यक्ष बिष्णु थापालाई प्रदान गरेको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरेका छन् । साथै, देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब ३५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ३१ खर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिएको पनि उनले बताए ।
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाए । साथै, यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताएका छन् । त्यस्तै, सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई। ईच्छा राज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताएका छन् ।

सम्बन्धित समाचार