free website hit counter

निफ्राको नाफा एक अर्ब बढी

beemaadmin
२०८० बैशाख ६, बुधबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक अर्थात निफ्राले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५६.११ प्रतिशत र सञ्चालन मुनाफा ६७.३१ प्रतिशत बढेको छ। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८८ पैसा बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ४१.२९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार