free website hit counter

नेपाल लाइफद्वारा ६९.६२ अर्ब दावी भुक्तानी

beemaadmin
२०८० मंसिर २३, शनिबार

काठमाण्डौ । नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०–०८१ को असोज मसान्तसम्ममा ६९.६२ अर्ब दावी भुक्तानी गरेको छ । उक्त अवधिसम्ममा कम्पनीले मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्ब र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको छ । नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गरेको उक्त कम्पनीले असोज मसान्तसम्ममा १३ हजार ५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेन्स्नल प्लान अन्तर्गत ११ हजार १७७ जनालाई ३ अर्ब ७१ करोड रुपैयाँ र बैदेशिक रोजगारीतर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको बताएको छ । चालू आवको पहिलो त्रैमासमा प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दावी पÞmर्छ्रयौट भइसकेको पनि कम्पनीले बताएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटनाको मृत्यु दावी भुक्तानी तीन कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानी सात कार्य दिन भित्र नै भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीले बताएको छ । कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको बताउँदै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने शुरु गरेको जानकारी दिए । गत आवमा २०७९–८० मा ९९।१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै उक्त कम्पनी सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार