free website hit counter

नेष्डो समृद्ध लघुवित्तद्वारा ७३.६८ प्रतिशत लाभांश घोषणा

beemaadmin
२०७९ चैत्र १२, आईतवार

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सम्बन्धित समाचार